Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य


  • 2.8K
    Shares

    इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य
    images

    काठमाडौं । इन्डोनेसियाले एसियन गेम्स महिला क्रिकेट छनोटमा नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो ।

    इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन् । नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे ।

    तेस्रो विकेटका निम्ति सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए । नेपालकी मनीषा उपाध्यायले दुई विकेट लिइन् । रीया शर्माका नाममा एक विकेट रह्यो । 

    नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा छ । इन्डोनेसिया पनि जित निकाल्दै सेमिफाइनल सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १३:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij