Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीको नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक

आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीको नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक


  • 1.9K
    Shares

    आकर्षक डिजाइन र पर्फमेन्स सहित शाओमीको नयाँ रेडमी प्याड २ ९.७ सार्वजनिक
    images

    काठमाडौं ।  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७” सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड २ ९.७” ले शक्तिशाली अक्टा-कोर प्रोसेसर सहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्दछ । ग्राफाइट ग्रे र सिल्भर रङ्गमा उपलब्ध रेड्मी प्याड २ ९.७” को पहिलो आकर्षण यसको ‘युनिबडी मेटल कन्स्ट्रक्सन’ हो जसले स्टाइलमा कुनै सम्झौता नगरीकन उत्कृष्ट ड्युरेबिलिटी (मजबुती र टिकाउपन) प्रदान गर्छ ।

    यसको १२० हर्जको रिफ्रेस रेट, अक्टा-कोर प्रोसेसर, र ९.७ इन्चको २K क्रिस्टल-क्लियर डिस्प्लेले अल्ट्रा-स्मुथ भिजुअल, डिटेल्स, र फास्ट-रेस्पोन्सिभनेस प्रदान गर्दछ । यसबाट रेड्मी प्याड २ ९.७” मा एक साँच्चिकै इमर्सिभ डिस्प्ले अनुभव सम्भव हुन्छ । ७,६०० एमएएचको ठूलो ब्याट्रीसहित १८ वाटको फास्ट-चार्जिङ सुविधा भएको रेड्मी प्याड २ ९.७” मा लामो प्लेब्याक सेसनसहित लामो समयसम्म प्रयोग गर्नको लागि टिक्ने ब्याट्रि-लाइफ पाइन्छ । ८ MP रियर क्यामरा तथा ५ MP फ्रन्ट क्यामरासहित यसले हरेक सटमा फोटोको गुणस्तर कायम राख्दै सार्प, डिटेल्ड इमेजहरू निकाल्छ । त्यसैगरी, म्युजिक तथा भिडियो हेर्न-सुन्नका लागि हाइ-रिजोलुसन अडियो दिने इमर्सिभ स्टेरियो स्पिकर्स र ३.५ एमएमको हेडफोन ज्याक रहेका छन् जसले यसको मल्टिमिडिया प्याकेजलाई पूर्णता दिन्छ ।

    शाओमी हाइपरओएस ३ मा चल्ने यस रेड्मी प्याड २ ९.७” ले शाओमी इकोसिस्टममा सिमलेस कनेक्टिभिटीसहित सहज र इन्टेलिजेन्ट अनुभव प्रदान गर्दछ । जम्मा ४०६ ग्राम तौल रहेको यो प्याड ‘लाइट टु मिड-वेट’ श्रेणीको डिभाइस अन्तर्गत पर्दछ जसकारण यो बोक्न पनि सजिलो र हरेक दिन प्रयोग गर्न पनि सहज हुन्छ ।

    रेड्मी प्याड २ ९.७” मा भरपर्दो सेक्युरिटी र प्राइभेसीको लागि एआई फेस अनलकजस्ता एआई-पावर्ड विशेषताहरू पनि उपलब्ध रहेका छन् । यी आधुनिक र आकर्षक विशेषताहरूले भरिपूर्ण रेड्मी प्याड २ ९.७” को ४+१२८ जिबि भेरियन्ट जम्मा रू. २५,९९९ को मूल्यमा हाल उपलब्ध रहेको छ ।

     

    images
    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १५:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij