Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फेरारीले ल्यायो आफ्नो पहिलो विद्युतीय कार

फेरारीले ल्यायो आफ्नो पहिलो विद्युतीय कार


  • 743
    Shares

    फेरारीले ल्यायो आफ्नो पहिलो विद्युतीय कार
    images

    काठमाडौं । लक्जरी स्पोट्र्स कार निर्माता फेरारीले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । यस कदमलाई कम्पनीले भविष्यको बजारतर्फको ठुलो परिवर्तनका रूपमा प्रस्तुत गरेको छ । 

    पछिल्लो समय विश्वभर परम्परागत इन्धनबाट चल्ने सवारी साधन बनाउने कम्पनीहरूमाझ विद्युतीय कार बनाउने होडबाजी चलिरहेको बेलामा कम्पनीले ईभी उत्पादनमा हात हालेको हो ।

    नयाँ मोडलको नाम ‘फेरारी लुस’ राखिएको छ, जसको अर्थ इटालियन भाषामा ‘उज्यालो’ हुन्छ । यो कारलाई पाँच वर्ष लगाएर बनाइएको हो । यसको डिजाइनमा पूर्व एप्पल डिजाइन प्रमुख जोनी आइभ र उनको डिजाइन समूह लभफ्रमको पनि सहयोग रहेको बताइएको छ । 

    कम्पनीका अनुसार फेरारी लुस चार ढोका भएको र पाँच सिट क्षमताको पहिलो फेरारी हो । यसको मूल्य करिब ५ लाख ५० हजार युरो (करिब ६ लाख ४० हजार अमेरिकी डलर) तोकिएको छ । २०२६ को अन्तिम त्रैमासिकदेखि डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ ।

    फेरारीका प्रमुख कार्यकारी अधिकृत बेनेडेटो भिग्नाले रोममा आयोजित कार्यक्रममा यो परियोजना पाँच वर्षको मेहनतको परिणाम भएको बताएका छन् । 

    कारमा चारवटा इलेक्ट्रिक मोटर छन्, प्रत्येक चक्कामा एउटा मोटर छ । यसको अधिकतम गति ३१० किलोमिटर प्रति घण्टाभन्दा बढी हुने दाबी गरिएको छ। साथै यो गाडी एकपटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी चल्न सक्छ । 

     

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १४:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij