Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफल - २०८३ जेठ १२ गते मंगलबार

आजको राशिफल - २०८३ जेठ १२ गते मंगलबार


  • 1.2K
    Shares

    आजको राशिफल - २०८३ जेठ १२ गते मंगलबार
    images

    आज २०८३ जेठ १२ गते मंगलबार, अधिक जेठ शुक्ल दशमी, गङ्गादशहरा व्रत \ गोसाइकुण्ड स्नान समाप्ति, शक संवत् १९४७, नेपाल संवत् ११४६, May 26, 2026

    मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। आफूलाई राज्यको निगरानीमा भएको सोच्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

    वृष : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।  शिक्षामा गरेको प्रयास सफल हुनेछ। व्यापारमा नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारको साथ नहुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    मिथुन : दिन सामान्य छ। अरु बोलेको सुन्दासमेत झर्को लाग्नसक्छ। आफूलाई संयम राख्न नसक्दा व्यवहारमा खटपटी बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

    कर्कट : सञ्चित धन खर्च गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। रोग प्रतिरोधी क्षमता बढाउनुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पारिवारिक मेलमिलाप हुनेछ।

    सिंह: सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा विवाद हुने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

    कन्या : परोपकारमा सक्रिय भएमा सफलता मिल्नेछ। रोग नियन्त्रणका लागि भएको प्रयास सफल बन्नेछ। विपक्षी साथीले तपाईंलाई साथ दिने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ।

    तुला : दिन सामान्य छ। जन्मकुण्डलीमा शनिदेव अनुकल भएमा सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। कार्यक्षेत्रमा गरेको संघर्ष सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ।

    वृश्चिक : भाग्यको उदय हुने दिन छ। थालेको कामलाई निरन्तरता दिन सकेमा सफलता मिल्नेछ। तर रोगको जोखिम रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

    धनु : आज नयाँ अवसर मिल्ने योग रहेको छ। व्यापारमा सचेत बन्नुपर्ने छ। राजनीतिको नाममा लुट हुने भएकाले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने दिन छ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षाका क्षेत्रमा ढिलासुस्ती बढ्नेछ।

    मकर : आफ्नो बोलीका कारण पस्चाताप हुनसक्छ। गुम्न लागेको लगानी हात लाग्नेछ। राज्यका अंगमा सम्भावना छ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। दान गरेर दिनको  सुरुवात गर्नु राम्रो हुनेछ।

    कुम्भ : शनिदेव जन्मकुण्डलीको तीन, ६ र ११ मा भएमा भने दिन सहज बन्नेछ। लगानीको क्षेत्रमा हात नबढाउनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुँदा विपक्षीबाट पनि राहत मिल्ने योग छ।

    मीन : दैनिकी राम्रो छ। मनमा उल्लास बढ्नेछ। शिक्षामा समय दिन नसक्दा लक्ष्य प्राप्त नहुने जोखिम छ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्ने योग रहेको छ। 

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - ०५:५४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij