२०८२ भाद्र ११ गते बुधवार
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन् ।
देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले मतदान नगर्ने घोषणा गरेका हुन् ।
‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन,’ सामाजिक सञ्जालमार्फत मेयर राणाले भनेका छन्, ‘अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
राणा राप्रपाबाट निर्वाचित मेयर हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij