२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौँ । लोकप्रिय सीता सिरियलकी सीता तथा चर्चित मोडल सुनीशा बजगाईँको जन्मदिनमा गायक मदन ढकालको “घारमा माहुरी” गीत सार्वजनिक हुँदैछ ।
आज दिउँसो ४ः४५ बजे टि.एम. म्यूजिक प्रोडक्सन यूटुब च्यानलबाट सार्वजनिक गरिने गायक मदन ढकालले जानकारी गराए ।
गायक मदन ढकाल र गायिका शान्तिश्री परियारको स्वर रहेको उक्त गीत गायक तथा सर्जक बद्री सापकोटाको शब्द र संगित रहेको छ ।
जेरी भण्डारीको निर्देशनमा बनेको उक्त गीतमा मदन ढकाल, बद्री सापकोटा, सुनीशा बजगाईँ, जुना गुरुङ्ग लगायतको नृत्य तथा अभिनय रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij