Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बुटवलमा भेस्पा-अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

बुटवलमा भेस्पा-अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत


  • 1.4K
    Shares

    बुटवलमा भेस्पा-अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
    images

    काठमाडौं । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो। 

    अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍याली बुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान आकर्षित गरेको थियो। खुला सडक, प्राकृतिक दृश्य र समूहगत यात्राको उत्साहले सहभागीहरूलाई फरक अनुभूति दिलाएको बताइएको छ।

    करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो। होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीय स्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो। हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश, खुला संरचना तथा व्यवस्थित सेवाले सहभागीहरूको मन जितेको थियो। 

    होटल परिसरमा साथीभाइसँग बसेर गरिएको खाजा, हाँसो, रमाइलो र आत्मीय संवाद कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। सहभागीहरूले प्राकृतिक वातावरणमा स्वादिष्ट परिकारसँग बिताएको समय अत्यन्त स्मरणीय बनेको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रमका क्रममा सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरेका थिए। विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथा प्रकृतिमैत्री काठका आकर्षक भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए। 

    सहभागीहरूले टाइगर फरेस्ट होटललाई केवल होटल मात्र नभई परिवार, साथीभाइ, पिकनिक, विवाह तथा विभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त प्राकृतिक गन्तव्यका रूपमा वर्णन गरेका थिए। बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको उनीहरूको भनाइ थियो।

    सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको यस स्कुटर यात्राले सहभागीहरूबीच आत्मीय सम्बन्ध अझ बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटन तथा छोटो दूरीको उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।

     

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १२:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij