Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु, भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिने

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु, भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिने


  • 6.0K
    Shares

    • images
    लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु, भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिने
    images

    दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान कार्य सुरु भएको हो ।

    मुख्यमन्त्री शंकर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका हुन् । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन् ।

    अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

    निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग)  मतदान केन्द्र तोकिएको हो ।

    निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् । रासस 

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १०:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij