Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुन चाँदीको भाउमा गिरावट, प्रतितोला कति ?

सुन चाँदीको भाउमा गिरावट, प्रतितोला कति ?


  • 3.3K
    Shares

    सुन चाँदीको भाउमा गिरावट, प्रतितोला कति ?
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।

    महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ।

    साथै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। 

    त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

     

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १०:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij