Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कोरोनाका कारण माओवादी नेता कुशवाहाको निधन

कोरोनाका कारण माओवादी नेता कुशवाहाको निधन


  • 6.4K
    Shares

    • images
    कोरोनाका कारण माओवादी नेता कुशवाहाको निधन
    images

    सर्लाही । नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना संक्रमणको कारण निधन भएको छ ।

    सर्लाहीको हरिवन नगरपालिका-३ डाबरीबजार घर भएका ४१ वर्षीय कुशवाहाको गएराति उपचारको क्रममा टिचिङ अस्पताल, काठमाडौंमा निधन भएको माओवादी सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।

    माओवादी केन्द्र सर्लाहीका जिल्ला समिति सदस्य कुशवाहा पशु स्वास्थ्यकर्मीसमेत थिए । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा क्रियाशील थिए ।

    दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि उनी सुरुमा हरिवनस्थित स्वाभिमान अस्पतालमा भर्ना भएका थिए । त्यसपछि हरिवनकै नमूना अस्पतालमा उपचार गराएका उनी स्वास्थ्यमा सुधार नभएपछि उपचारको लागि चितवन गएका थिए ।

    चितवनमा पनि ठिक नभएपछि उनलाई काठमाडौं लगिएको थियो। सुरुमा केएमसी अस्पतालमा उपचार गरेपछि उनलाई पछि टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा पुर्याएपछि उनको स्वास्थ्य थप जटिल बनेको थियो । एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा राति साढे नौ बजे उनको मृत्यु भएको हो ।

    कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन् । उनको शव सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बुढाथोकीले बताए ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १०:२४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij