२०८३ श्रावण २८ गते बिहिवार
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा पहिलो जित दर्ता गरेको छ।
च्याम्पियनसिपमा पहिलो जित हात पारेसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना जिवित राखेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटम हराएको हो। नेपालले किर्गिस्तानलाई २५–१८, २५–२० र २५–१३ ले पाखा लगाएको हो।
समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
शनिबार नै भएको खेलमा भारतले मालदिभ्सलाई २५–९, २५–१४ र २५–१७ को सोझो सेटमा हराएको हो। लगातार दोस्रो जितसगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
आज भएको पहिलो खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकालेको छ। कजाकस्तानले श्रीलंकालाई २५–९, २५–१८ र २५–१५ ले पाखा लगाएको छ। च्याम्पियनसिपमा आइतबार तीन खेल हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij