Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


  • 1.4K
    Shares

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
    images

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौँ महानगरपालिका–३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका–१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौँ महानगरपालिका–३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौँ महानगरपालिका–३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन्।

    पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ,  प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

    पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौँ महानगरपालिका–१० बाट, विष्णुलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बाट, उत्तमलाई काठमाडौँ महानगरपालिका–६ बाट, प्रियंकालाई काठमाडौँ महानगरपालिका–११ बाट र अर्जुनलाई काठमाडौँ महानगरपालिका–१० बाट पक्राउ गरेको हो। 

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - २०:४३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij