Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बीमितहरुलाई केवाईसी अपडेट गर्न प्रभु महालक्ष्मी लाइफको आग्रह

बीमितहरुलाई केवाईसी अपडेट गर्न प्रभु महालक्ष्मी लाइफको आग्रह


  • 1.6K
    Shares

    बीमितहरुलाई केवाईसी अपडेट गर्न प्रभु महालक्ष्मी लाइफको आग्रह
    images

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितहरुलाई ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) अपडेट गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै केवाईसी अपडेट गर्न बीमितहरुलाई आग्रह गरेको हो। 

    ‘कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ मा भएको कानुनी व्यवस्थाबमोजिम हाम्रा विद्यमान सम्पूर्ण ग्राहकको विवरण अपडेट गर्न आवश्यक देखिएको छ’, सूचनामा भनिएको छ। 

    विवरण अपडेट गर्नका लागि आफ्ना आवश्यक पहिचान खुल्ने कागजात (नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र अथवा सवारीचालक अनुमतिपत्र र हालै खिचिएको फोटा आदि) हरुसहित आफूलाई पायक पर्ने नजिकैको प्रभु महालक्ष्मी लाइफको कुनै पनि शाखा वा उपशाखा कार्यालयमा यथाशीघ्र सम्पर्क कम्पनीले आग्रह गरेको छ। 

    विविध कारणवश कम्पनीको कार्यालयमा आफैँ उपस्थित हुन असमर्थ हुने ग्राहकले आफ्ना सम्बन्धित बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक फोन नम्बरमा सम्पर्क गरेरसमेत आफ्नो केवाईसी अपडेट गराउन सक्ने कम्पनीले जनाएको छ।

     

     

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १२:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij