२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा आज जेठ ६ गते सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको हो ।
उक्त सभामा आ.व २०८१\०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै अध्यक्षज्यूले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । त्यसै गरी आगामी आ.व. २०८२\०८३ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा श्री आर.एस.एम.ए.एशोसियटस्, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता२,१५,००,००,००० मा ५ प्रतिशतका दरले १०,७५,००,००० को बोनश शेयर पारित गर्ने बिशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । ऐनको दफा १०५ को उपदफा १(ग) बमोजिम आ.व. २०८१\०८२ मा भएको खर्चको अनुमोदन गर्ने बिशेष प्रस्ताव समेत सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
कम्पनीको सातौ वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर बमोजिम हुन आउने ३६,५५,००० कित्ता समावेश गरि यस साधारण सभाबाट पारित हुने बोनस शेयर जारी गरे पश्चात हुने चुक्ता पूँजीमा हकप्रद शेयर सहितको विवरण पुनरावलोकन गर्न सक्ने अधिकार तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृती गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij