Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट


  • 2.2K
    Shares

    एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट
    images

    काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।

    ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकहरूलाई थपसुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको हो । 

    एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

       

     

     

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १४:०४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij