२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij