Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एक सातापछि बैंक फर्किए ज्योति प्रकाश पाण्डे

एक सातापछि बैंक फर्किए ज्योति प्रकाश पाण्डे


  • 960
    Shares

    एक सातापछि बैंक फर्किए ज्योति प्रकाश पाण्डे
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे सात दिन पनि बैंकमा हाजिर भएका छन् । सोमबारबाट बैंकमा हाजिर भएर कामकाज सम्हालेको बैंकका अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्मार्ट टेलिकमको धितो लिलामी सम्बन्धि मुद्दामा सोधपुछ गर्न भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले उनलाई बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिएको थियो ।

    प्रहरीले थुनामा राख्नै नपर्ने मान्छेलाई जबरजस्ति थुनामा राखेको अवस्थामा अदालतले यस्तो आदेश दिने गरेको छ । हाजिरी जमानीमा हिरासत मुक्त भएर आएपछि उनले सोमबारबाट बैंकमा फर्किएर आफ्नो कामकाज पुन: सुचारु गरेका हुन् ।

    उनलाई पक्राउ गर्नुअघि केही राजनीतिक शक्ति र प्रहरीले पदबाटै राजिनामा दिन दबाब दिएको हल्ला चलेको थियो । त्यतिबेला बैंकमा सल्लाह गरेरै पाण्डेले ‘राजिनामा नदिइकन अनुसन्धानमा सघाउने’ निर्णय लिएका थिए ।

     

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १५:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij