Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कालीमाटीमा भन्टा, फर्सी र गोलभेँडा सस्तियो, आजको भाउ कति ?

कालीमाटीमा भन्टा, फर्सी र गोलभेँडा सस्तियो, आजको भाउ कति ?


  • 827
    Shares

    कालीमाटीमा भन्टा, फर्सी र गोलभेँडा सस्तियो, आजको भाउ कति ?
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज भान्टा, गोलभेँडा, फर्सीसहितका तरकारीको भाउ घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ४८, रातो आलु लाम्चो २८, भारतीय सुकेको प्याज ३६, लोकल गाँजर ५५, लोकल बन्दा ३६, स्थानीय काउली ४५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ६३, मकै बोडी ७५, करेला ६०, लौका ४५, घिरौँला ४०, लोकल परबल ५७, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, कन्य च्याउ १४५, डल्ले च्याउ ३८२, कुरिलो ३२५, ब्रोकाउली १०७ रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा ६०, रातो आलु लाम्चो २७, भारतीय आलु २५, भारतीय सुकेको प्याज ३७, लोकल गाँजर ५५, लोकल बन्दा ३५, स्थानीय काउली ५०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी ७५, मकै बोडी ९०, करेला ७०, लौका ५५, घिरौँला ५५, लोकल परबल ५५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, कन्य च्याउ १५०, डल्ले च्याउ ३२५, कुरिलो ३००, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - ०८:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij