Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

७००० एमएएच ब्याट्री भएको ओपो ए६सी नेपालमा सार्वजनिक

७००० एमएएच ब्याट्री भएको ओपो ए६सी नेपालमा सार्वजनिक


  • 2.1K
    Shares

    ७००० एमएएच ब्याट्री भएको ओपो ए६सी नेपालमा सार्वजनिक
    images

    काठमाडौं । ओपोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ। आकर्षक प्रिमियम डिजाइन, ७००० एमएएचको शक्तिशाली ब्याट्री र एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधाहरू सहित यो फोन बजारमा ल्याइएको हो। 

    कम्पनीका अनुसार यसमा प्रयोग गरिएको ब्याट्री ६ वर्षसम्म टिकाइराख्ने क्षमताको छ भने यसले रिभर्स वायर्ड चार्जिङ समेत सपोर्ट गर्छ। डिजाइनका हिसाबले ओपो ए६सीलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित लुक दिइएको छ। 

    ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ रंगमा उपलब्ध यस फोनमा १२० हर्जको अल्ट्रा ब्राइट डिस्प्ले रहेको छ, जसले स्मूथ स्क्रोलिङ र जीवन्त दृश्य अनुभव प्रदान गर्ने दाबी गरिएको छ। फोटोग्राफीलाई स्मार्ट बनाउन यसमा एआई इरेजर र एआई क्लियर फेस जस्ता फिचरहरू समावेश छन्। टिकाउपनाका लागि फोनमा आईपी ६४ वाटर र डस्ट रेसिस्ट्यान्ट सुविधा छ भने ४८ महिनासम्म कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन दिइएको छ।

    ग्राहकको भरोसा जित्न ओपोले ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराएको छ। यो योजना जेठ १ देखि असार १ सम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ, जसमा हार्डवेयर सम्बन्धी समस्या देखिएमा मर्मतको सट्टा नयाँ डिभाइस दिइनेछ। ओपो ए६सीको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको सुरुवाती मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ।

    यसैगरी, ओपोले ए६ सिरिज अन्तर्गत नै ‘ओपो ए६’ (८ जीबी  १२८ जीबी) भेरियन्ट पनि सार्वजनिक गरेको छ। ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ रहेको छ। धेरै स्टोरेज र सहज मल्टिटास्किङ खोज्ने प्रयोगकर्ताका लागि यो भेरियन्ट लक्षित गरिएको कम्पनीले जनाएको छ।

     

    images
    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १३:३४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij