२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रा लिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ ।
त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा लि दुहबी सुनसरीद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न आदेश गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij