२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९४ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर ९५ हजार २०० तोकिएको हो ।
आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले बढेको छ । बिहीबार ९४ हजार २०० रहेको तेजाबी सुनको मूल्य आज ९४ हजार ७०० कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबारदेखि एक हजार २२० मा कारोबार भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij