२०८३ बैशाख २७ गते आइतवार
तमिलगा वेत्री कडगमका अध्यक्ष एवं चर्चित अभिनेता सी. जोसेफ विजय तमिलनाडुको ९ औं मुख्यमन्त्री बनेका छन्।
आइतबार बिहान १०:१५ बजे आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा भारतीय कांग्रेसका नेता राहुल गान्धीको समेत उपस्थिति रहेको थियो। मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै विजयले जनलक्षित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन्।
विजयले शपथका क्रममा भनेका थिए, ‘म सी. जोसेफ विजय भारतको संविधानप्रति सच्चा आस्था र निष्ठा राख्नेछु। तमिलनाडुको मुख्यमन्त्रीको रूपमा भारतको एकता र अखण्डता कायम राख्नेछु र आफ्नो विवेकअनुसार कर्तव्य र कानुनको पालना गर्नेछु। म कसैसँग डराउने छैन र कुनै एकतर्फी आदेश मान्ने छैन। म सबै मानिससँग न्याय गर्नेछु।’
मुख्यमन्त्री बनेलगत्तै एक्सनमा उत्रिएका विजयले पहिलो चरणमा तीनवटा महत्त्वपूर्ण फाइलमा हस्ताक्षर गरेका छन्। उनले राज्यका नागरिकका लागि २०० युनिटसम्म नि:शुल्क बिजुली उपलब्ध गराउने निर्णय गरेका छन्।
यसका साथै, राज्यमा महिलाहरूको सुरक्षाका लागि महिला सुरक्षा दल र लागूऔषध नियन्त्रणका लागि एन्टी ड्रग्स स्क्वाड गठन गर्ने आदेशमा समेत उनले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij