Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

लेबननमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १७ जना मारिए

लेबननमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १७ जना मारिए


  • 1.7K
    Shares

    लेबननमा इजरायलको आक्रमण तीव्र, कम्तीमा १७ जना मारिए

    लेबननको राजधानी बेरुत नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक १२ वर्षीया बालिका पनि छिन्।

    स्थानीय सञ्चारमाध्यम र लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेरुतको दक्षिणी क्षेत्रमा सवारीसाधनलाई लक्ष्य गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा चार जनाको ज्यान गएको हो। त्यस्तै दक्षिणी लेबननका विभिन्न क्षेत्रमा गरिएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको छ।

    इजरायल र हेजबुल्लाहबिच अप्रिल १७ मा युद्धविराम घोषणा भए पनि दुवैतिरबाट दैनिकजसो आक्रमण भइरहेका छन्।
    पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको संकेत गरेको छ।

    बुधबार राति इजरायली वायुसेनाले बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्दै हेजबुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएको दाबी गरेको थियो।

    युद्धविरामपछि राजधानी नजिक गरिएको यो पहिलो आक्रमण मानिएको छ। शनिबार भएका दुई आक्रमण बेरुतलाई दक्षिणी बन्दरगाह सहर सैदासँग जोड्ने राजमार्ग क्षेत्रमा भएका थिए, जहाँ केही व्यक्ति घाइते भएका छन्।

    अर्को आक्रमण लेबननको चोउफ क्षेत्रतर्फ जाने सडकमा भएको थियो, जसमा तीन जनाको मृत्यु भएको जनाइएको छ। दक्षिणी गाउँ साक्साकियेहमाथि गरिएको अर्को हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएको लेबननी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबिच दक्षिणी लेबननका बुर्ज रहाल र माइफादौन क्षेत्रमा पनि आक्रमण भएको र त्यहाँ थप मानवीय क्षति भएको समाचारमा उल्लेख गरिएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १५:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij