Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जलन पीडितका लागि नबिल बैंकले दाङमा निःशुल्क शिविर सञ्चालन गर्ने

जलन पीडितका लागि नबिल बैंकले दाङमा निःशुल्क शिविर सञ्चालन गर्ने


  • 1.6K
    Shares

    जलन पीडितका लागि नबिल बैंकले दाङमा निःशुल्क शिविर सञ्चालन गर्ने
    images

    काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा जलनबाट पीडितका लागि निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ।

    प्रतिष्ठानमा यही बैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिने बैंकले जानकारी दिएको छ। यो शिविर नबिल बैंक लिमिटेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला मेमोरियल अस्पतालले संयुक्त रूपमा आयोजना गरेको हो।

    बैंकका अनुसार, शिविरमा जाँच गराउन आउने बिरामीहरूमध्ये आगोले वा अन्य कुनै प्रज्वलनशिल वस्तुले पोलेपछिको संकुचनबाट पीडित र शल्यक्रिया आवश्यक पर्ने व्यक्तिहरूले निस्शुल्क शल्यक्रिया उपचार प्राप्त गर्नेछन् ।

    बैंकले शिविरबाट धेरैभन्दा धेरै मानिसमा लाभ पुर्‍याउनका लागि आफ्नो छरछिमेका रहेकाहरूलाई समेत शिविरबारे जानकारी गराएर सहयोग गर्न आह्वान गरेको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १२:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij