२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । एभरेष्ट बैंकले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले कस्टुमर सर्भिस एसोसिएट्सका लागि ९९ जना र म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना गरी कुल ११४ जना कर्मचारी माग गरेको छ । कस्टुमर सर्भिस पदका लागि २८ वर्ष ननाघेको हुनुपर्नेछ भने म्यानेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ ।
बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरीकले जेठ ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij