२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट पूर्वसहमति पाएको छ। केन्द्रीय बैंकले एनआईसी एसिया बैंकलाई हकप्रद शेयर जारी गर्न पूर्वसहमति प्रदान गरेको पत्र पठाएको हो।
एनआईसी एसिया बैंक सञ्चालक समितिको गत वर्ष पुस २० गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वसहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिने गर्ने निर्णय गरेको थियो।
अब बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। जसअनुसार हकप्रद शेयर जारी गर्ने अजेन्डा पारित गर्न बैंकले आउँदो जेठ १८ गते आर्थिक वर्ष २०८१\८२ को २८ औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।
साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साधारणसभा अजेन्डा पास भएपछि बैंकले हकप्रद शेयर ल्याउन नेपाल धितोपत्र बोर्डबाट निवेदन दिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij