Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

रोकिएका क्रिकेटका खेलहरु जेठ १० बाट शुरु हुने

रोकिएका क्रिकेटका खेलहरु जेठ १० बाट शुरु हुने


  • 547
    Shares

    रोकिएका क्रिकेटका खेलहरु जेठ १० बाट शुरु हुने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विविध प्राविधिक तथा वाह्य कारणले रोकिएको क्रिकेट प्रतियोगिता आगामी जेठ १० गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ । 

    क्यानका सचिव पारस खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्धारित समयमा हुन नसकेको प्रतियोगिताको नयाँ मिति तय भएको जानकारी दिएका छन्। यसअघि तय गरिएको समयमा देशको असहज परिस्थिति, अन्तर्राष्ट्रिय संकट र आईसीसीको खेल तालिकामा आएको फेरबदलका कारण प्रतियोगिता सार्नुपरेको सचिव खड्काले स्पष्ट पारेका छन् । 

    उनका अनुसार कतिपय खेलहरू पूर्वनिर्धारित समयभन्दा अघि सार्नुपर्ने र केहीलाई पछि धकेल्नुपर्ने बाध्यताले गर्दा यो प्रतियोगिता प्रभावित भएको थियो । प्रतियोगितामा खेलाडीहरूको उपलब्धता सुनिश्चित भएको र सम्बन्धित टिमहरूले आफ्ना खेलाडीहरूसँग सम्पर्क गरिसकेको समेत उनले जानकारी दिएका छन्। नयाँ तालिकाअनुसार सबै खेलाडीहरू खेलका लागि उपलब्ध हुने विश्वास क्यानले लिएको छ ।

    स्थानीय तहको लगानी, टिम मालिकहरूको आर्थिक योगदान र प्रायोजकहरूको विश्वासलाई मध्यनजर गर्दै प्रतियोगितालाई परिणाममुखी बनाउन क्यान प्रतिवद्ध रहेको बताइएको छ । लामो समयको प्रतीक्षा र धैर्यताका लागि आयोजक, प्रायोजक र सरोकारवालाहरूलाई धन्यवाद दिँदै खड्काले यस पटकको प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। 

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १७:४९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij