Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

नेपाली अर्थतन्त्र तीनवटा ‘पासो’मा परेको छः उपाध्यक्ष डा. गुणाकर भट्ट

नेपाली अर्थतन्त्र तीनवटा ‘पासो’मा परेको छः उपाध्यक्ष डा. गुणाकर भट्ट


  • 316
    Shares

    नेपाली अर्थतन्त्र तीनवटा ‘पासो’मा परेको छः उपाध्यक्ष डा. गुणाकर भट्ट

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । 

    निजी क्षेत्र र सरकार दुवै फरक-फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’मा फसेको बताएका छन् । नेपाली आर्थिक पत्रकार समाज सेजनले गरेको कार्यक्रममा उनले ऋणको भारमा निजी क्षेत्र गहिरोसँग फसेको बताएका छन् ।

    कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९२ प्रतिशत बराबर बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा ऋण प्रवाह भएको उल्लेख गर्दै नागरिक लगानी कोष र सञ्चय कोषको ऋणसमेत जोड्दा यो अनुपात ११० प्रतिशत पुग्ने बताएका छन् । यस्तो अवस्था दिगो नभएको उनको भनाइ छ । 

    दोस्रो पासोका रूपमा उनले निजी क्षेत्र अव्यवस्थित र अनुत्पादक सम्पत्तिमा अल्झिएको बताएका छन्। उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा आर्थिक गतिविधिमा अपेक्षित गति आउन नसकेको उनले बताएका छन् । तेस्रो पासोमा भने सरकार स्वयं परेको उनले उल्लेख गरेका छन् । 

    सरकार दायित्वको चापमा रहेको बताउँदै उनले सामाजिक सुरक्षामा बढ्दो खर्च र ऋणको साँवा–ब्याज भुक्तानीका कारण सरकारी व्यय व्यवस्थापन आगामी बजेटका लागि चुनौतीपूर्ण हुने उनको भनाइ छ ।

    उपाध्यक्ष भट्टले भने, ‘हामी तीन वटा ट्रयापमा छौं । एउटा ‘अनसस्टेनेबल डेट ट्रयाप’ मा प्राइभेट सेक्टर छ । किनकि जीडीपीको ९२ प्रतिशत प्राइभेट सेक्टर लोन बैंकिङ सेक्टरको मात्रै छ । त्यसमा अरु सेक्टरको कर्मचारी सञ्चयकोष नागरिक लगानी कोषको सबै जोड्ने हो भने त्यो ११० प्रतिशतको हाराहारीमा छ । त्यसैले प्राइभेट सेक्टर अनसस्टेनेबल डेट ट्रयापमा छ । त्यस्तै, प्राइभेट सेक्टर ‘अनम्यानेजेबल अनप्रोडक्टिभ एसेट’ को ट्रयापमा छ । तेस्रो भनेको सरकार चाहिँ ‘अनबियरेबल अब्लिगेटरी ट्रयाप’ मा छ, त्यो भनेको सामाजिक सुरक्षा लगायतका डेट सर्भिसिङका कस्टहरु छन् ।  यो जुन तीन थरिको ट्रयापमा हामी छौं, यो ट्रयापबाट निस्केर इकोनोमीलाई व्यवस्थापन गर्ने र  उच्च आर्थिक वृद्धिको महत्वकांक्षी लक्ष्यलाई हासिल गर्ने बाटोमा जानुपर्ने छ । यसमा प्राइभेट सेक्टर र पब्लिक सेक्टरको ‘कमन एजेन्डा’को रुपमा हामीले सस्टेनेबल इकोनोमिक ग्रोथलाई अगाडि लिनुपर्ने देखिरहेको छु ।’

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १३:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij