Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

बसपार्कमा एक युवक मृत अवस्थामा फेला

बसपार्कमा एक युवक मृत अवस्थामा फेला


  • 5.9K
    Shares

    • images
    बसपार्कमा एक युवक मृत अवस्थामा फेला
    images

    धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् ।

    अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए ।

    घटनास्थल कार्य सकेर प्रहरीले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ११:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij