२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २३.३७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२९ प्रतिशतले घटेर ७ अर्ब ८७ करोड ६२ लाख ७९ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँ थियो।
बैंकले चैत मसान्तसम्ममा ३ खर्ब २ अर्ब ९६ करोड ६४ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४५ लाख ७१ हजार रुपैयाँ रहेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब १ करोड रुपैयाँबाट घटेर १ अर्ब ४६ करोड १० लाख रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा भने २४.४४ प्रतिशतले बढेर २ अर्ब ९५ करोड ९ लाख १६ हजार रुपैयाँ पुगेको छ।
हाल २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ५८ करोड ९८ लाख ३० हजार रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट बढेर १।३९ प्रतिशत कायम भएको छ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ १५ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ०८ पैसा र मूल्य आम्दानी अनुपात २१.२४ गुणा रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij