Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कुमारी बैंकको नाफामा सुधार, झण्डै साढे ९ अर्ब उठायो ब्याज

कुमारी बैंकको नाफामा सुधार, झण्डै साढे ९ अर्ब उठायो ब्याज


  • 1.4K
    Shares

    कुमारी बैंकको नाफामा सुधार, झण्डै साढे ९ अर्ब उठायो ब्याज
    images

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ९ महिनामा (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १३६१.४५ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

    बैंकको खुद ब्याज आम्दानी १६.४७ प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष आम्दानी ७ अर्ब ९८ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो। बैंकको खराब कर्जा भने ६.९८ प्रतिशतबाट झरेर ६.९४ प्रतिशत कायम भएको छ।

    बैंकको सञ्चालन मुनाफा पनि ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ।

    हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख ४३ हजार रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १६ करोड ६३ लाख ५९ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसाबाट बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५३ पैसा कायम भएको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १७:३५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij