Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्रभु बैंकको मुनाफा ८५ करोड, कस्ता छन् अन्य सूचक ?

प्रभु बैंकको मुनाफा ८५ करोड, कस्ता छन् अन्य सूचक ?


  • 1.3K
    Shares

    प्रभु बैंकको मुनाफा ८५ करोड, कस्ता छन् अन्य सूचक ?
    images

    काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ९ महिनामा (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद फि तथा कमिसन आम्दानी गत वर्षको तुलनामा ६२.३१ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड ९१ लाख ६९ हजार रुपैयाँ मात्र थियो।

    बैंकको सञ्चालन मुनाफा ३४.११ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको खुद नाफा पनि ५४.६३ प्रतिशतले घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँ कायम भएको छ। 

    बैंकको खुद ब्याज आम्दानी १.४० प्रतिशतले घटेर ७ अर्ब १८ करोड १९ लाख ४२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकले ७ अर्ब २८ करोड ४६ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको खराब कर्जा अघिल्लो वर्षको २.१६ प्रतिशतबाट घटेर १.७१ प्रतिशतमा झरेको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज ४२.८२ प्रतिशतले घटेर २ अर्ब ७७ करोड ३४ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३५ अर्ब १३ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ८७ लाख ८३ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    हाल २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख ५६ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी ५४.६५ प्रतिशतले घटेर ४ रुपैयाँ ८२ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ४३.३४ गुणा रहेको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:५५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij