Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

हिमालयन बैंकको नाफामा ५२ प्रतिशतको सुधार, खुद ब्याज आम्दानी ७ अर्ब माथि

हिमालयन बैंकको नाफामा ५२ प्रतिशतको सुधार, खुद ब्याज आम्दानी ७ अर्ब माथि


  • 1.3K
    Shares

    हिमालयन बैंकको नाफामा ५२ प्रतिशतको सुधार, खुद ब्याज आम्दानी ७ अर्ब माथि
    images

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैतसम्ममा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ५० करोड ४ लाख ८ हजार रुपैयाँ मात्र सीमित थियो। गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५२.४० प्रतिशतले बढेको छ।

    बैंकको कुल सञ्चालन आम्दानी ८।५३ प्रतिशतले बढेर ८ अर्ब ३२ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा भने ६९।६० प्रतिशतले घटेर १ अर्ब १५ करोड ६१ लाख ८३ हजार रुपैयाँमा खुम्चिएको छ। बैंकको वितरणयोग्य मुनाफा १० अर्ब ४६ करोड ७९ लाख १७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। 

    बैंकको खुद ब्याज आम्दानी ४.७२ प्रतिशतले बढेर ७ अर्ब १७ करोड २७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १२।३९ प्रतिशतले बढेर ८३ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँबाट उल्लेख्य बढेर ३ अर्ब १२ करोड ५३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

    हाल २२ अर्ब ५८ करोड १६ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब १९ करोड २ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ १० अर्ब ४६ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ। 

    बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४२ पैसाले बढेर ४ रुपैयाँ ५० पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ४६.३१ गुणा रहेको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij