Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवै बढ्यो

सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवै बढ्यो


  • 1.0K
    Shares

    सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवै बढ्यो
    images

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।

    बैंकले ६ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २०.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको कुल सञ्चालन ८.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशत बढेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ । बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij