Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

खुद ब्याज आम्दानीमा सुधारसँगै नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड

खुद ब्याज आम्दानीमा सुधारसँगै नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड


  • 568
    Shares

    खुद ब्याज आम्दानीमा सुधारसँगै नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड

    काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोही अवधिसम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.३४ प्रतिशतले बढेको छ।

    चैतसम्म बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १२.५२ प्रतिशतले बढेको छ।

    बैंकले ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब १० करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

    बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा वितरणयोग्य मुनाफा ४.९४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात घटेर ४.९६ प्रतिशतमा झरेको छ। 

    चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ३२ करोड १३ लाख रुपैयाँ र रिजर्भमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २५.३४ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १०.९७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ रहेको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - ११:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij