Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ज्योति विकास बैंकको नाफामा छलाङ, वितरणयोग्य मुनाफा कति ?

ज्योति विकास बैंकको नाफामा छलाङ, वितरणयोग्य मुनाफा कति ?


  • 1.4K
    Shares

    ज्योति विकास बैंकको नाफामा छलाङ, वितरणयोग्य मुनाफा कति ?
    images

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले तेस्रो त्रैमाससम्म ६२ करोड ९४ लाख खुद नाफा कमाउन सफल भएको छ ।

    अघिल्लो वर्ष २०८१\८२ को यही अवधिसम्म बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १०५.३० प्रतिशतले बढेको छ।

    ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ थियो।

    चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

    बैंकले ८९ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि १०५.३४ प्रतिशतले बढेको छ। चैतसम्म बैंकको खराब कर्जा बढेर २.३६ प्रतिशत पुगेको छ। 

    चुक्तापुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने जगेडामा ३ अर्ब २२ करोड ३१ लाख रुपैयाँ रहेको छ। 

    चैतसम्म बैंकले ६४ अर्ब ४९ करोड ८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १९.०९ रुपैयाँ कायम भएको छ भने बैंकको पीई रेसियो १९.४३ गुणा र प्रतिशेयर नेटवर्थ १६३.४३ रुपैयाँ रहेको छ।  

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij