Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सालपा विकास बैंकको खुद नोक्सानीमा सुधार, अन्य सूचक कस्ता ?

सालपा विकास बैंकको खुद नोक्सानीमा सुधार, अन्य सूचक कस्ता ?


  • 421
    Shares

    सालपा विकास बैंकको खुद नोक्सानीमा सुधार, अन्य सूचक कस्ता ?

    काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंक तेस्रो त्रैमाससम्म ३१ लाख ८९ हजार रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष २०८१।\८२ को यही अवधिसम्म बैंक ३५ लाख ८४ हजार रुपैयाँले घाटामा थियो।

    चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढी हो। 

    चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

    बैंकको सञ्चालन घाटा ३१ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ३५ लाख ८४ हजार रुपैयाँ थियो।

    चुक्तापुँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ९१ लाख ३३ हजार रुपैयाँले ऋणात्मक रहेको छ भने जगेडामा २ करोड ८७ लाख रुपैयाँ रहेको छ। 

    चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    चैतसम्म बैंकको खराब कर्जा घटेर ०.१० प्रतिशत पुगेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ०.६१ रुपैयाँले ऋणात्मक रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ रहेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ११:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij