२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१\८२ को सोही अवधिसम्म बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४२.२३ प्रतिशतले बढेको छ।
चैतसम्म बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा २ अर्ब २५ करोड १३ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४७.५० प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म बैंकले १८.५७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। बैंकले ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात १।६० प्रतिशतमा पुगेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी २२.९२ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १५.२७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.५५ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij