Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

गरिमा विकास बैंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त

गरिमा विकास बैंकलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त


  • 589
    Shares

    गरिमा विकास बैंकलाई दुई अन्तराष्ट्रिय आईएसओ  प्रमाणपत्र प्राप्त

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ । 

    विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट”को तर्फबाट लिड अडिटर श्री रोशन श्रेष्ठज्यूले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्यायज्यूलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ् सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए । 

    गरिमा विकास बैंक लिमिटेडले नेपालको बैकिङ् क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको छ । 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १७:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij