Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात


  • 1.2K
    Shares

    महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
    images

    काठमाडौं । महालक्ष्मी विकास बैंकले युनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ।

    यस सेवा अन्तर्गत अब युनियनपे वालेट प्रयोगकर्ताहरूले नेपालभर रहेका महालक्ष्मी विकास बैंकका फोनपे क्यूआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन्।

    विशेष गरी चीन लगायत विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको यस सुविधाले वैदेशिक पर्यटकहरूलाई नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति दिने र डिजिटल भुक्तानीलाई थप प्रभावकारी बनाउने बैंकले विश्वास लिएको छ।

    साथै, बैंकले वर्ष २०८१ लाई डिजिटल प्रवद्र्धन वर्ष    को रूपमा मनाउने योजना अनुसार आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना पनि सार्वजनिक गरेको छ। 

    महालक्ष्मी स्मार्ट साथी एपमार्फत वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एउटा सफल कारोबार गर्ने ग्राहकहरूमध्ये गोलाप्रथामार्फत तीन जनाले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्नेछन्।

    हाल देशभर १०३ शाखामार्फत ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकले डिजिटल बैंकिङलाई थप सुरक्षित र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।  

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ११:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij