२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी चयन भएका छन् । संघको शनिबार राती सम्पन्न १०औँ महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै संघमा विजयी भएका हुन् ।
निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष ९कार्यक्रम०मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष ९महिला० तर्फ दिपज्योति थापा छानिएकी छन् ।
संघको महासचिवमा गोपी कृष्ण चापागाई, सचिव पदमा मदन रिजाल छानिन सचिव ९समावेशी० तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् । त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान, सह-कोषाध्यक्षमा अर्जुन गुरागाई विजय भएका छन् ।
संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् ।
नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि चलचित्र पत्रकारिताको हकहित र उत्थानका लागि काम गर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij