Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

मोबाइल बैंकिङमा नयाँ सुविधा: अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

मोबाइल बैंकिङमा नयाँ सुविधा: अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने


  • 386
    Shares

    मोबाइल बैंकिङमा नयाँ सुविधा: अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई थप व्यवस्थित बनाउने भन्दै ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गरेको छ । 

    भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय बैंकले चैत मसान्तसम्मका विभिन्न परिपत्र र निर्देशनहरूलाई एकीकृत गरी यो नयाँ व्यवस्था लागू गरेको हो । 

    यस निर्देशनले विद्युतीय कार्ड, मोबाइल बैंकिङ र डिजिटल वालेटका लागि नयाँ मापदण्ड तथा कारोबारको सीमा निर्धारण गरेको छ । 

    नयाँ निर्देशनअनुसार अब मोबाइल बैंकिङ मार्फत दैनिक ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ मार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । डिजिटल वालेटका हकमा भने बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म पठाउन सकिने सीमा तोकिएको छ । 

    साथै, एउटा वालेटबाट अर्को वालेटमा हुने कारोबारमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा कायम गरिएको छ ।

    राष्ट्र बैंकले वालेटमा रहने मौज्दात र जम्मा गर्ने प्रक्रियामा पनि थप कडाइ गरेको छ । अब कुनै पनि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था गरिएको छ । 

    विशेषगरी वालेटमा रातभरिको मौज्दात  ५० हजार रुपैयाँभन्दा बढी राख्न नपाइने र सोभन्दा बढी भएको रकम अनिवार्य रूपमा ग्राहककै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १५:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij