Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु


  • 7.1K
    Shares

    पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको  मृत्यु

    पोखरा । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका २ जना र लमजुङका एक जना रहेका छन् । 

    पोखरा-१७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । 

    उनलाई मंसिर १५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । स्वासप्रस्वासको समस्या रहेकी ती महिलाको आज बिहान ५ बजेर २० मिनेटमा अस्पतालमा मृत्यु भएको हो । 

    त्यस्तै लमजुङ बेँसीशहर नगरपालिका-११ निवासी ४३ वर्षीया महिलाको पनि मणिपाल शिक्षण अस्पतालमै शनिवार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ९ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै पोखरा–१७ निवासी ३४ वर्षीय पुरुषको पनि पोखराको चरक मोमोरियल अस्पतालमा  शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मंसिर ७ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६९ पुगेको छ ।

    1607243708-YYeey.jpg

     

     

     

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १४:३१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij