Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सडक दस्तुर संकलन गर्न वाणिज्य बैंकलाई आरएफआईडी ट्याग जारी गर्ने बाटो खुल्यो

सडक दस्तुर संकलन गर्न वाणिज्य बैंकलाई आरएफआईडी ट्याग जारी गर्ने बाटो खुल्यो


  • 946
    Shares

    सडक दस्तुर संकलन गर्न वाणिज्य बैंकलाई आरएफआईडी ट्याग जारी गर्ने बाटो खुल्यो
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक उपभोग दस्तुर (टोल फ्रि) सङ्कलनका लागि विशेष सुविधा दिने नयाँ व्यवस्था गरेको छ । हालै जारी गरिएको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

    नयाँ निर्देशनअनुसार अब अनुमतिपत्र प्राप्त वाणिज्य बैंकहरूले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर सङ्कलन गर्ने प्रयोजनका लागि ‘आरएफआईडी’ जारी गर्न सक्नेछन् ।

    यस व्यवस्थाले सडकमा दस्तुर तिर्नका लागि सवारी साधन लामो समय लाइन बस्नुपर्ने झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । सवारी धनीले बैंकबाट यस्तो प्रिपेड ट्याग वा कार्ड लिएर आफ्नो सवारीमा जडान गरेपछि टोल प्लाजाहरूमा सवारी नरोकीकन स्वतः दस्तुर भुक्तानी हुने भएको छ ।

    डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने सरकारको नीति अनुरूप राष्ट्र बैंकले यो कदम चालेको हो ।

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १८:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij