Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

नयाँ उद्देश्य र 'पञ्चतत्त्व' दर्शनका साथ नबिल बैंकको रूपान्तरण

नयाँ उद्देश्य र 'पञ्चतत्त्व' दर्शनका साथ नबिल बैंकको रूपान्तरण


  • 253
    Shares

    नयाँ उद्देश्य र 'पञ्चतत्त्व' दर्शनका साथ नबिल बैंकको रूपान्तरण

    काठमाडौं । निजी क्षेत्रको अग्रणी संस्था नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै आफ्नो चार दशक लामो यात्रालाई नयाँ उचाइमा पुर्‍याउन लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको जनाएको छ । 

    बदलिँदो बैंकिङ परिवेश र ग्राहकका अपेक्षालाई सम्बोधन गर्न बैंकले आफूलाई नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक बनाउने संकल्प गरेको जनाएको छ ।

    बैंकले आफ्नो नयाँ लक्ष्यलाई विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ अगाडि सारेको छ । यो लक्ष्य प्राप्तिका लागि बैंकले विश्वास, अनुशासन र अनुपालनलाई आधार बनाउँदै नवीनता, सुशासन तथा वातावरणीय र सामाजिक दायित्वलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अघि बढाउने जनाएको छ । भविष्यका लागि तयार नेतृत्व निर्माण गर्दै सेवाग्राहीलाई प्राथमिकतामा राखेर उत्कृष्टता प्रदान गर्नु नै बैंकको अबको मुख्य बाटो हुने छ ।

    बैंकको यो रूपान्तरण प्रक्रियाबारे प्रष्ट पार्दै प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकिङ प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गरी यो कदम चालिएको बताएका छन् । बैंकभित्र जवाफदेहिता र सहकार्यको बलियो संस्कृति विकास गर्दै विश्वस्तरको नेपाली बैंक बन्ने दिशामा नबिल अग्रसर भएको ज्ञवालीले उल्लेख गरेका छन् । 

    नबिल बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत व्याख्या गरेको छ, जसमा विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि  र रूपान्तरण समेटिएका छन् । यी पाँच मूल्यमान्यतालाई बैंकले मौलिक ‘पञ्चतत्त्व’ दर्शनसँग जोडेको छ । 

    जस अनुसार धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गर्ने बैंकको भनाइ छ । यी तत्त्वहरूको सन्तुलनले बैंकको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई एउटा एकीकृत संरचना प्रदान गर्ने विश्वास लिइएको छ ।

    समयको मागसँगै बैंकले डिजिटल प्रविधिको विकास, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र दिगो विकासका आवश्यकताहरूलाई आत्मसात् गर्दै आफूलाई परिमार्जित गरेको छ ।

    हाल देशभर २६८ शाखा सञ्जाल र ३१८ एटिएम मेसिनमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिल बैंकले यो नयाँ सुरुवातसँगै आफ्ना सरोकारवाला र बृहत्तर समुदायप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी रूपमा पूरा गर्ने लक्ष्य लिएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १७:१३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij