२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २,८६६ को विन्दुमा कायम भएको छ ।
आज २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनकिो ५८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij