Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुने

प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुने


  • 267
    Shares

    प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुने

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको निर्माण रहेको फिल्म ‘मास्टरनी’ भदौ १२ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको प्रदर्शन मिति १२ भदौ जुरेको जानकारी गराएका हुन् ।

    भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् ।

    क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १३:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij