Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


  • 428
    Shares

    पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइको चरणमा रहेको छ ।

    विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि यो मुद्दामा बहस नोट पेस गर्न आदेश भएको थियो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

    नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।

    ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो ।    

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - ११:०१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij