Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

संसद् भवन निर्माण कार्यप्रति सभामुख र राष्ट्रिय सभा अध्यक्षको चासो

संसद् भवन निर्माण कार्यप्रति सभामुख र राष्ट्रिय सभा अध्यक्षको चासो


  • 323
    Shares

    संसद् भवन निर्माण कार्यप्रति सभामुख र राष्ट्रिय सभा अध्यक्षको चासो

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेका छन्। 

    सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै सभामुख अर्यालले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्। 

    छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख रूबी कुमारी ठाकुर र राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीसमेत सहभागी थिए। 

    संसद् भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो।

    प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म ६ पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ।

    हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।  

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १६:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij