Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

मितज्यूको टिजर सार्वजनिक

मितज्यूको टिजर सार्वजनिक


  • 1.8K
    Shares

    मितज्यूको टिजर सार्वजनिक

    काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । 

    हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो २ मिनेट लामो टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन्। पुराना पुस्तामा रहेको यो मितेरी साइनो नयाँ पुस्तामा निर्माण पक्षले कथा बन्ने चेस्टा गरेको छ।

    अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर लगायतको अभिनय  रहेको छ।

    जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मलाई शिशिर बिशंखेले खिचेका छन्।   

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १७:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij